रत्ननगरमा जुत्ता बनाउने तालिम सुरु

रत्नतगर १५ माघ । रत्ननगरका महिलाहरुलाई आत्मनिर्भर बनाउन तीन दिने जुत्ता बनाउने तालिम रत्ननगरमा सोमवार देखि सुरु भएको छ । रत्ननगर १ मा रहेको नवदुर्गा आमा समुहले आयोजना गरेको सो तालिममा ५३ जना महिलाहरुको सहभागिता रहेको छ । नवदुर्गा आमा समुहकी अध्यक्ष एञ्जीला कुँवरले आफ्नो जन्मदिनको अबसरमा आफ्नै खर्चमा महिलाहरुलाई तालिम आयोजना गरेकी हुन । महिलाहरुलाई नारी शक्ति समुह काठमाडौंकी अध्यक्ष माला प्रधान सहित ७ जनाले तीन दिन सम्म जुत्ता बनाउन सिकाउने आमा समुहकी सचिव संगिता खनालले जानकारी दिईन । नवदुर्गा आमा समुहकी अध्यक्ष कुँवरको अध्यक्षतामा भएको सो तालिम उद्घाटन कार्यक्रममा वडा नं.१ क वडा अध्यक्ष शंकरसिं तामाङ, नारी शक्ति समुह काठमाडौंकी अध्यक्ष माला प्रधान,आमा समुहकी सचिव संगिता खनाल,सहचिव सन्तोषी राई चौधरी लगायतले मन्तव्य राखेका थिए ।