चितवनका तीन पत्रकार सम्मानित

खैरहनी १५ माघ । उद्योग बाणिज्य संघ खैरहनीले चितवनका तीन जना क्रियाशिल पत्रकार लाई सम्मान गरेको छ । पत्रकारिता मार्फत आर्थिक तथा समाजिक विकासमा योगदान पु¥याएको भन्दै संघले आफ्नो आठौं साधारण सभा तथा चौथों अधिवेशनको उद्घाटन समारोहमा उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा चितवनपोष्ट दैनिकका संवाददाता तथा पूर्वी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटा,कायाकैरन दैनिकका संवाददाता तथा संघका सचिव ध्रुबराज खनाल,नारायणी अनलाईनका संवाददाता तथा संघका सहचिव विकास पौडेल रहेका छन । संस्थागत रुपमा संघले पर्सा बजारमा रहेको ग्रेट एफएमलाई सम्मान गरेको छ । साधारण सभा तथा अधिवेशनका प्रमुख अतिथि बाणिज्य मन्त्री मीन बहादुर विश्वकर्मा र उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष गुणराज श्रेष्ठले पत्रकारहरुलाई सम्मानपत्र र दोसल्लो ओढाएर सम्मान गरेका थिए ।

Promise Education Consultancy