उद्योग बाणिज्य संघ खैहरनीको अध्यक्षमा सापकोटा निर्विरोध निर्वाचित

खैरहनी १५ माघ । पूर्वी चितवनको उद्योग बाणिज्य संघ खैरहनीको अध्यक्षमा चन्द्रप्रसाद सापकोटा निर्वाचित भएका छन । संघको आठौं साधारण सभा तथा चौथों अधिवेशनबाट सापकोटा निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा कमलादेबी श्रेष्ठ,द्धितीय उपाध्यक्षमा रामेश्वर पोखरेल,तृतीय उपाध्यक्षमा बुद्धिराज डल्लाकोटी निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत दीपेन श्रेष्ठले जानकारी दिए । त्यसैगरी संघको महासचिवमा कुमार खनाल र कोषाध्यक्षमा रामेश्वर बर्ताैला चयन भएका छन । समितिको सदस्यहरुमा अर्जुन लम्साल,जगतबहादुर पाण्डे,केदारनाथ बर्तौैला,तुलसीदास उप्रेती,विक्रम खड्का,रामचन्द्र डल्लाकोटी,शेषकुमारी सडौला ओली,क्षेत्रबहादुर रावल,कृष्णबहादुर श्रेष्ठ,चिरञ्जीवी अर्याल,रामशरण कार्की चयन भएका छन । संघको अधिवेशनले आगामी तीन बर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको हो । बाँकी चार सदस्य अध्यक्षले पछि मनोनित गर्ने छन । निर्वाचित र मनोनित गरी संघको २१ सदस्यीय नयाँ कार्यसमिति निर्माण हुनेछ । व्यवसायीहरुले सहमतिमा संघको कार्यसमिति चयन गरेका हुन । उद्घाटन सत्र सकिए लगतै सुरु भएको बन्दसत्रमा निर्वाचन समितिले अध्यक्ष सहितको कार्यसमिति सार्वजनिक गरेको थियो । निर्विरोध निर्वाचित अध्यक्ष सहितका टिमलाई बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष गुणराज श्रेष्ठले पर्सा बजार व्यवस्थापन र व्यवसायिक अधिकारको क्षेत्रका काम गर्न नवनिर्वाचित अध्यक्ष सापकोटाको टिमलाई आग्रह गरे ।