अज्ञात समूहको गोली प्रहारबाट एक ब्यक्ति घाइते

रौतहट, १५ माघ । अज्ञात समूहको गोली प्रहारबाट रौतहटमा एक जना घाईते भएका छन् । राजपुर नगरपालिका–९ निबासी ३५ बर्षिय शेष शमिउल्लाहलाई गोली लागि घाईते भएका हो ।

अज्ञात समूहको गोली प्रहारबाट घाईते भएका शमिउल्लाहको जिल्ला अस्पताल गौरमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ ।

बैरिया र भगवानपुरको बीचमा पर्ने लालबकैया नदीको बगरमा उनलाई गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।