सन्दीप (आइपिएल)मा छनौट हुदाँ गृहजिल्ला चितवनमा दीपावली, हेरौँ तस्बिर

चितवन, १४ । माघ इण्डियन प्रिमियर लिग(आइपिएल) खेल्ने पहिलो नेपालीको रुपमा सन्दीप लामिछाने छनौट भएसँगै गृह जिल्ला चितवनमा खुशियाली छाएको छ।

नारायणगढको क्याम्पाचौरमा रहेको क्रिकेट एकेडेमी तथा क्रिकेटप्रेमीहरुले बिरेन्द्र बहुमुखी क्याम्पस, चौबिसकोठी लगायतका स्थानमा आइतबार दीप प्रज्वलन गरिएको छ। दिल्ली डेयर डेभिल्सले सन्दीपलाई २० लाख भारतीय रुपैंयामा किनेपछि खेलकुद र अन्य क्षेत्रका सरोकारवालाले खुशी व्यक्त गरेका छन्।