प्रधानमन्त्री देउवाको स्वार्थ पूरा गर्न राति नभेट्दा अध्यक्ष पद चैट

काठमाडौँ, १४ माघ । नेपाल परिवार नियोजन संघकी केन्द्रीय अध्यक्ष अमुसिंह सिजापतिले जनमत गुमाइसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले पैसा खाएर संघको वर्तमान कार्यसमिति विघटन गरेको आरोप लगाएकी छन् ।

शनिबार अपरान्ह रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै सिजापतिले प्रधानमन्त्री देउवा र उनकी पत्नी डा। आरजु राणाले आर्थिक चलखेलमा विधान विपरित वर्तमान कार्यसमिति भंग गरेको आरोप लगाइन् ।

‘अन्तराष्ट्रिय मान्यता र परिवार नियोजन संघको विधान विपरित साधरण सदस्य समेत नरहने गरी कारबाही गरिएका छत्रबहादुर गिरीको नेतृत्वमा तदर्थ समिति गठन गरिएको छ’, उनले भनिन्, ‘यसमा ठूलो आर्थिक चलखेल भएको छ ।’

उनले आफूले प्रधानमन्त्री देउवा र उनकी पत्नीलाई नभेटेकोले आफूमाथि अन्याय गरिएको गुनासो पोखिन् । सिजापतिले थपिन्, ‘मैले प्रधानमन्त्रीजीको स्वार्थ पूरा गर्न सकिन, राति उहाँकहाँ जान सकिन, दिउँसो मसँग समय नै थिएन, त्यसैले मलाई अन्यायपूर्वक विधानविपरित हटाइयो ।’

सिजापतीले संघको विधान पढ्न पनि देउवा र आरजुलाई आग्रह गरिन् । सिजापतिले उक्त निर्णयमा सरकाले पूनर्विचार नगरे अदालत जाने बताइन् । उनले अदालतबाट उक्त निर्णय उल्टाउने चेतावनी दिँदै अन्तर्राष्ट्रिय परिवार नियोजन संघमा पनि आफू जान तयार रहेको बताईन् ।