भरतपुर महानगरपालिका कृष्ठरोगको उच्च जोखिममा

चितवन माघ १४ । चितवनको भरतपुर महानगरपालिकामा सबैभन्दा बढी कुष्ठरोगी पाइएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको आर्थिक वर्ष २०७३/७४ को तथ्यांक अनुसार भरतपुरमा मात्रै ५० जना कुष्ठरोगी पाइएका हुन् ।

जिल्लामा ७३ जना कुष्ठरोगी भेटिएकोमा इच्छाकामना गाउँपालिकामा कुनै पनि कुष्ठरोगी नरहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका क्षय कुष्ठ अधिकृत जयराम दुवाडीले बताए ।
चितवनको रत्ननगर नगरपालिकामा १०, खैरहनी नगरपालिकामा ५, माडी नगरपालिकामा ३ र राप्ती नगरपालिकामा चार जना कुष्ठरोगी भेटिएका छन् । यस वर्ष चितवनमा ३८ जना नयाँ कुष्ठरोगी भेटिएका छन् ।

सर्ने खालको कुष्ठरोगका बिरामीले १२ महिनासम्म औषधि खानुपर्ने र नसर्ने खालको कुष्ठरोगका बिरामीले ६ महिनासम्म नियमित औषधि सेवन गरेमा कुष्ठरोग पुर्ण निको हुने चिकित्सकहरु बताउँछन् । ६५औँ विश्व कुष्ठरोग दिवसको अवसर पारेर आयोजित छलफल कार्यक्रममा क्षयकुष्ठ अधिकृत जयराम दुवाडीले १५ देखि ६० वर्ष उमेरसम्मका

व्यक्तिहरुलाई कुष्ठरोगबाट प्रभावित हुने र रोगले आँखा, हात र खुट्टामा बढी प्रभाव पार्ने बताउनुभयो । कार्यालयले फागुन महिनामा जिल्लाका सबै क्षेत्रमा कुष्ठरोग निवारण अभियान सुरु गर्ने समेत छलफल कार्यक्रममा जानकारी दिइएको थियो ।