नक्कली संघियताले जनताले न्याय नपाउने

 

प्रकाश सिग्देल

चितवन, १४ माघ । नेपाल कम्युनिष्ठ पाटीको जनवर्गीय संगठन मगर मुक्ती मोर्चा नेपालको प्रथम राष्ट्यि भेलाले २०७५ सालमा चौथो राष्ट्यि सम्मेलन गर्ने गरी ४९ सदस्य चौथो राष्ट्यि सम्मेलन आयोजक समिति गठन गरेको छ ।
माघ १२ र १३ गते नवलपुरको गैडाकोटमा सम्पन्न भेलाले गमबहादुर श्रीषमगर संयोजक रहनेगरी मगर मुक्ती मोर्चानेपाल चौथो राष्ट्यि सम्मेलन आयोजक समिति निमार्ण गरेको छ ।
भेलाले २०७४ माघ १५ देखी २०७५ बैशाख १५ गते सम्म ३ महिने एकिकृत मगर जनजागरण अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको भरतपुरमा पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ ।
प्रथम राष्ट््िय भेलाले दलाल संसदीय पुजीवादी व्यवस्था भित्र रहेको नक्कली संघियताले मगर समुदाय लगाएत उत्पिडित श्रमजीवि जनता र देशको समस्याको हल गर्न नसक्ने निर्शकर्ष निकाल्दै वैज्ञानिक समाजवादी व्यवस्था भित्रको पहिचान र अधिकार सहितको संघियताले मात्रै मगर लगाएत सबै जातजातिका अधिकार स्थापित गर्ने भएकाले आफुहरको लडाई त्यस तर्फ केन्द्रित गर्नु पर्ने निर्णय गरेको संयोजक गम बहादुर श्रीष मगरले बताउनु भयो ।

मगरात स्वायत्त प्रदेश स्थापना, राज्यका अंगहरुमा समावेशी समानुपातिक र अग्रअधिकार प्राप्तीका लागी निरन्तर संघ्रसको उत्थान गर्ने र दलाल पुजिवादी व्यवस्थाको अन्त्य गर्न वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागी सम्पुर्ण उत्पिडित मगर समुदायलाई आन्दोलनमा समाहित हुन अनुरोध गर्ने निर्णय पनि गरेको उहा बताउनुहुन्छ ।
देशभर १९ लाख मगर समुदाय रहेको र मगर समुदायको हक अधिकार स्थापनाका लागी सबै मगर समुदायलाई एकै ठाउमा गोलबद्ध गर्न आफुहरुले अभियान पनि सञ्चालन गर्ने सुर्दशन मंगोलले बताउनुभयो ।
भेलामा देशका २८ जिल्लाबाट प्रतिनिधिहरु आएको र उनिहरु बिचको बृहत छलफलमा यस्तो निर्णय भएको बताईएको छ ।