एकिकृत अखिल नेपाल शिक्षक संगठन चितवनको अध्यक्षमा सुवेदीको निरन्तरता

चितवन,१४ माघ । एकिकृत अखिल नेपाल शिक्षक संगठन चितवनको अध्यक्षमा हरिशचन्द्र सुवेदीलाई निरन्तरता दिदैँ ३० सदस्यीय जिल्ला समिति गठन गरिएको छ ।
शनिवार सम्पन्न आठौं जिल्ला सम्मेलनले उपाध्यक्षमा हरिकृष्ण चापागाई, रमेश अधिकारी, दुर्गा रामजी, निलहरी थापा र महिला उपाध्यक्षमा गायत्री शर्मालाई लाई चयन गरिएको छ ।

यस्तै संगठनको सचिबमा भूपति दाहाल, सह–सचिबमा भिम बहादुर केसी, सिता रेग्मी काफ्ले, पवन बराल चयन हुनु भएको छ । सम्मेलनको एक कार्यक्रमकाबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले उद्घाटन गनुभएको थियो ।