सन्दिप लामिछाने बने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी

काठमाडौं,१४ माघ ।नेपाली युवा खेलाडी सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग आइपिएल खेल्ने पक्का भएको छ । आइपिएलको बोल कवोलको दोस्रो दिन सन्दीप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय रुपैयाँमा किनेको छ । सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन् ।
दुई बर्षअघि बंगलादेशमा सम्पन्न अन्डर नाइन्टिन विश्वकप क्रिकेटमा सनसनीपूर्ण प्रदर्शन गरेपछि उदीयमान युवा खेलाडीको रुपमा विश्व क्रिकेट जगतमा सन्दिपको चर्चा भएको थियो ।

नेपाली राष्ट्रिय टोलीको समेत महत्वपूर्ण सदस्य रहेका लामिछानेलाई फ्रेन्चाइज टोलीहरुकै विशेष अनुरोधमा आइपिएलको अक्सनमा समावेश गरिएको थियो ।