बसको ठक्करबाट चितवनमा पैदल यात्रीको मृत्यु

चितवन, १४ माघ । चितवनमा बसको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ ।काठमाडौंबाट पूर्वका लागि छुटेको मितेरी यातायातको ना ५ ख १५६१ नम्बरको बसले रत्ननगर नगरपालिका–१० टाँडीमा आज बिहान सवा ५ बजे पैदल यात्रीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

बसको ठक्करबाट अन्दाजी ३० वर्षका पुरुष व्यक्तिको मृत्यु भएको हो । उनको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।