१५ करोड बाँड्ने शिक्षामन्त्रीको तयारी

काठमाडौँ,१४ माघ ।  उपप्रधान तथा शिक्षामन्त्री  गोपालमान श्रेष्ठले राज्यकोषबाट झन्डै १५ करोड रुपियाँ बाँड्ने तयारी गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले आफ्नो जिल्ला र आफुनिकटका विद्यालयलाई उक्त रकम बाँड्न लाग्नुभएको समाचार स्रोतले बतायो । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

नयाँ सरकार बन्ने दिन नजिकिँदै जाँदा उहाँले मापदण्ड नपुगेका आफ्ना तजविजका विद्यालयलाई पुस्तकालय भवन, ल्याब निर्माण लगायतका विषयमा रकम बाँड्न लाग्नुभएको हो ।,