बाम गठबन्धनले अब शिक्षा गुणस्तरीय र समाजवाद शिक्षा बनाउछ : प्रचण्ड

 

आशिष उप्रेती
चितवन, माघ १३ । नेपालमा शिक्षकहरुको भुमिका महत्वपुर्ण भएको पूर्व प्रधानमन्त्री एवंम् नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ । ए
कीकृत अखिल नेपाल शिक्षक संगठन चितवनको आठौ जिल्ला सम्मेलनमा बोल्दै उहाले बाम गठबन्धनले नै अबको शिक्षा गुणस्तरीय र समाजवाद शिक्षा बनाउने र अन्य प्रतिस्पर्धाहरुमा पनि अगाडि बढाउदै लैजाने बताउनुभयो । उहाले शिक्षा क्षेत्रमा बजेटको आकार बढाउने समेत बताउनुभयो ।
प्रचण्डले विभाजनले देशको भलो नहुने भएकोले सबै विचार मिल्नेहरु एक आपसमा मिल्नुपर्ने बताउनुभयो । देशलाई नया युगमा लैजानको लागि शिक्षा क्षेत्रबाट नै अघि बढ्नुपर्ने उहाको भनाई थियो ।

कार्यक्रममा नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष कोमल घिमिरेले शिक्षालाई कसरी गुणस्तरीय बनाउने भन्ने बारे बताउनुभयो । सबै शिक्षकहरुलाई सरकारले गोल्डेन ह्याण्सेट दिनुपर्ने र शिक्षाको आकार बढाउन समेत उहाले आग्रह गर्नुभयो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष्ँ ईन्द्र भट्टराईले अब शिक्षाको नीति छुट्टै बनाएर अगाडि बढ्न यहि फागुनमा संगठनको राष्ट्रिय सम्मेलन गर्न लागेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा चितवनका जिल्ला शिक्षा अधिकारी मनोज गैरेले बजेट बाडफाड गर्दा शैक्षिक क्षेत्रलाई पनि छुट्टाउन सरकारसंग आग्रह गर्नुभयो । चितवनलाई शैक्षिक हब बनाउन र गुणस्रीय शिक्षा बनाउन नया नेतृत्वले गर्ने उहाले दृढता समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश २ ख का सांसद विजय सुवेदीले देश आर्थिक विकास र सम्बृद्धिमा अघि बढेको बताउदै शिक्षालाई अब गुणस्तरीय बनाउने बताउनुभयो ।

सो जिल्ला सम्मेलनले ३९ सदस्य कार्य समिति चयन गर्ने छ । जसमा ३० जना निर्वाचित र ९ जना मनोनित हुने छन् ।

कार्यक्रममा नेपाल शिक्षक महासंघका उपमहा सचिव एवंम् नारायणी नमुना उच्च माबिका प्राचार्य पुर्ण प्रसाद दवाडी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष रमा घिमिरे, सासंदहरु प्रदेश १ क का दावा दोर्जे लामा, प्रदेश २ क का घनश्याम दाहाल, प्रदेश ३ ख का रामलाल महत्व, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, भरतपुर महानगरका प्रमुख रेणु दाहाल, माओवादी केन्द्रका जिल्ला ईन्चार्ज ईश्वरी भट्टराई लगायत चितवन जिल्लाका सम्पुर्ण विद्यालयका सो संगठनमा आवद्ध शिक्षकहरुको उल्लेखनिय सहभागिता रहेको थियो । साथै कार्यक्रममा नवनिर्वाचित सांसदहरुलाई सो संगठनले सम्मान समेत गरेको थियो ।

कार्यक्रम एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष हरिशचन्द्र सुवेदीको अध्यक्षतामा भएको हो ।