लाप्राकमा पहिलोपटक पुग्यो बस, स्थानिय खुसी

गोरखा,१३ माघ । लाप्राकमा पहिलोट पटक बस पुगेको छ । धार्चे गाउँपालिकाको विकट र दुर्गम मानिने लाप्राकको गुम्सिपाखामा पहिलोपटक बस पुगेको हो । बारपाक देखि झण्डै पैदल एक घण्टाको दूरीमा पर्ने लाप्राकको गुम्सिपाखामा पहिलोपटक बस पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।

बुधबार गोरखा यातायात व्यवसायी समितिको बस पहिलोपटक भूकम्पबाट बिस्थापित लाप्राकीलाई पुनस्र्था्पित गराउन बनाइएको गुप्सीको सामुहिक आवास क्षेत्रसम्म बस पुगेको हो । यात्रुलाई नियमित रुपमा सेवा दिने उद्देश्यले लाप्राकमा बस सेवा शुरु गरिएको समितिले जनाएको छ ।

गाउँमा बस पुगेको खुशीयालीमा स्थानीयवासीले खुशी हुँदै समिति, बस धनी, गाडी चालक तथा सहचालकलाई फूलमालाले स्वागत गरेका थिए । यहाँ नियमितरुपमा बस सेवा सुचारु भएपछि बारपाक देखि गोरखा, काठमाडौँ, पोखरा र चितवान लगायका विभिन्न स्थानमा यात्रा गर्न सहज हुनेछन् ।
यसअघि विहानै ३ बजे उठेर बस चढ्न बारपाकसम्म पुग्नु पर्ने स्थानियहरु गाउँबाटै बस चढ्न पाउदाँ खुसी भएका छन् ।