Exclusive-प्रहरी इन्काउन्टरमा गोली लागेका टिके डाकाले के भने, हेरौँ भिडियो र तस्बिरमा

चितवन, १३ माघ । आज साँझ ५ बजे चितवनको रामनगरमा प्रहरीको गोली लागी घाईते भएका ३० वर्षीय  टिका थापा मगर ‘टिके  डाका’ले आफुसंग कुनै साथी नभएको बताएका छन् ।

सौराहा अनलाईनसंग कुरा गर्दै थापाले भने ‘म डिल्लि बजार कारागारबाट हाम फालेर भागेर आएको हुँ , म संग साथी छैन ।’
उनले अहिले आफ्नो स्वास्थ्य अवस्था  ठिक रहेको बताए ।थापाको दाहिने खुट्टा र दाहिने हातमा गोली लागेको छ ।

 

 

प्रहरीले भने थापासंग साथी रहेको बताएको छ । प्रहरीका अनुसार थापासंग मोटरसाईकलमा पछाडी बस्नेले प्रहरीलाई गोली प्रहार गरेका थिए ।तत्काल प्रहरीले तीन राउण्ड गोली  प्रहार गरेपछि  थापासंग रहेका साथी भागेको प्रहरीको भनाईछ ।

माघ ४ गते गोलघरको जाली काटेर टिका फारार भएपछी प्रहरीकै मिलेमतोमा कैदी भागेको हुनसक्ने भन्दै महानगरीय प्रहरी कार्यालय रानिपोखरीले ड्युटीमा रहेका प्रहरीलाई पनी नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

२०७३ पुसमा कौशलटारस्थित बैंकबाट पैसा निकालेर गठ्ठाघर तर्फ जाँदै गरेकी मन्दिरा अधिकारीको ६ लाख नगद लुटेपछि महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणमा लिएर मुद्धा चलाएको थियो । रामेछापको दोरम्बार स्थायी घर भएका  टिकालाई पुस २६ गते अपराध महाशाखाले पक्राउ गरेर मुद्धा चलाएको थियो ।