जन्मदिन चेपाङ वालवालिकासंग

रत्ननगर १३ माघ । सौराहाका एक जना होटल व्यवसायीले आफ्नो जन्मदिन चेपाङ वालवालिकासंगै मनाएका छन । नेचर हेरिटेजका सञ्चालक विनोद नेपालले गामवेसीको चेपाङ केन्द्रका वालवालिकाहरु संग आफ्नो ४१ औं जन्मदिन मनाएका हुन । जन्मदिनमा अनेत्र खर्च नगरी नेपालले वालवालिकालाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएका हुन । छोरा सुविन नेपाल र आफुन्त तथा साथीहरु रामकृष्ण रिमाल,सुरेश महतो र रामकुमार महतो सहित नेपाल केन्द्रमा आफैले खाना पकाएर वालवालिकालाई खुवाएका थिए । त्यसैगरी सौराहाका सुरेश महतोले केन्द्रमा आश्रित बालवालिकालाई डेढ कुन्टल चामल र लत्ता कपडा सहयोग समेत गरेका छन । महतोले सो सामाग्री केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई हस्तान्तरण गरेका थिए । केन्द्रमा १०५ जना चेपाङ वालवालिका आश्रित छन ।

 

Promise Education Consultancy