पुजा बचत द्धारा असहाय वालवालिकालाई सहयोग

रत्ननगर १३ माघ । भरतपुर ११ बसेनीमा रहेको मञ्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रित वालवालिकालाई आर्थिक सहित खाद्यान्न,सरसफाईका सामाग्री र स्टेशनरी सहयोग गरिएको छ । रत्ननगर १ सौराहाचोकमा रहेको पुजा बचत तथा ऋण सहकारी संस्थाले केन्द्रमा आश्रित १९ जना वालवालिकाका लागि ८ हजार नगद सहित खाद्यान्न,सरसफाईका सामाग्री,स्टेशनरी दराज सहयोग गरेको हो । संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै असहाय बालवालिकाका लागि आर्थिक सहित आवश्यक सामाग्री सहयोग गरेको संस्थाका अध्यक्ष सदानन्द उपाध्यायले बताए । खाद्यान्न अन्तर्गत चामल,दाल,नुन,तेल,विस्कुट,चाउचाउ,सरसफाईका समाग्री अन्तर्गत साबुन,स्याम्फु,मन्जन,ब्रस,स्टेशनरी र दराज सहयोग गरिएको संस्थाका प्रबन्धक सुरज लौडारीले जानकारी दिए । केन्द्रमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष सदानन्द उपाध्याय,सचिव बुद्धिप्रसाद देबकोटा लगायत कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुले सयुक्त रुपमा नगद सहित सो सामाग्री केन्द्रकी सञ्चालिका मञ्जु खाँडलाई हस्तान्तरण गरेका थिए । संस्थाका अध्यक्ष उपाध्यायको अध्यक्षतामा भएको सामाग्री हस्तान्तरण कार्यक्रममा केन्द्रकी सञ्चालिका मञ्जु खाँड,सहकारीका सचिव बुद्धिप्रसाद देबकोटा, संस्थाका कार्यसमिति सदस्य बसन्त देबकोटा,संस्थका शिक्षा समितिका संयोजक रामचन्द्र दुवाडी लगायतले मन्तव्य राखेका थिए ।