काम चलाउ सरकारका निर्णय उल्टिन्छ : प्रचण्ड (भिडियो)

राजेन्द्र आचार्य
चितवन, १३ माघ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्डले काम चलाउन सरकारको परिधि भन्दा बाहिर रहेको कयौँ निर्णयहरु जनमत प्राप्त नयाँ सरकारले उल्टाउने सकेत गरेका छन् ।
‘सबै उल्टाउने भन्ने त हुदैन् उनले भने औचित्यको आधारमा सहि छन्, दिर्घकालिन असर पर्ने खालको छ वा छैन्, त्यो हेरेर नयाँ जनमत प्राप्त सरकारले उल्टाउछ । ’

 

प्रेस सेन्टर चितवन शाखाद्धारा भरतपुर विमान स्थल आयोजित पत्रकार सम्मेलन बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेको प्रचण्डले दिर्घकालिन असर गर्ने निर्णय नगर्न देउवा सरकारलाई सुझाव दिए ।
सरकारको अहिलेको निर्णयहरुले नेपाली काँग्रेसको लोकतान्त्रिक चरित्र माथि नै प्रश्न चिन्ह खडा उनको भनाई थियो ।उनले भने ‘एउटा जनमत आईसकेको छ ,यसरी गम्भीर प्रकृतीको निर्णय गर्नु मिल्दैन ।,नेपाली काग्रेसको लोकतान्त्रीक चरित्र माथि नै प्रश्न चिन्ह खडा भएको छ । यसले नेपाली काग्रेसलाई दिर्घकालिन असर गर्छ भन्ने कुरा साचोे हो ।’
साथै उनले सरकार प्रति केपी ओली दिएको धारण वामगठबन्धन कै संयुक्त धारण भएको समेत प्रष्ट पारे ।
फागुनको दोश्रो साता नयाँ सरकार
उनले सोही अवसरमा बोल्दै फागुनको दोश्रो हप्ता भित्रमा नयाँ सरकार बन्ने दावी पनि गरे ।

उनले भने ‘राष्ट्रिय सभाको निर्वाचनपछि मात्रै निर्वाचन आयोगले समानुपातिकको सूचि बुझाउने भएको हुदाँ फागुनको दोश्रो साता मात्रै सरकार बन्छ ।’ वादर बुढेलाई सहिद घोषण स्वागत योग्य छ,।
माओवादी निकट शिक्षक संगठनको जिल्ला अधिवेशन उद्धघाटन गृह जिल्ला चितवन आएका प्रचण्डले सरकारले बादर बुढे घटनाका मृतकलाई सहिद घोषण गरेको कुरालाई स्वागत योग्य भएको बताएका छन् ।