शहिद दिवसमा पुरुष भलिवल प्रतियोगिता हुने

चितवन, १२ माघ। माघ १६ गते शहिद दिवसको अवसरमा जिल्ला खेलकुद विकास समिति चितवनको आयोजना र जिल्ला भलिवल संघ चितवनको सह-आयोजनामा जिल्ला स्तरीय भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । माघ १६ र १७ गते पुरुष भलिवल प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले बताए ।

माघ १५ गते सम्म आफ्नो टिमको नाम खेलकुद कार्यालयमा दर्ता गर्न सकिने खेलकुद विकास समितिका सचिव रामजी ढकालले बताए । खेल भरतपुरको गेष्ट हाउस चौरमा  हुने भएको छ ।

Promise Education Consultancy