संस्कृत विद्यालयका विद्यार्थीलाई स्टेशनरी

रत्ननगर १२ माघ । रत्ननगर हरिहर मन्दिरद्धारा सञ्चालित वेद वेदाङ संस्कृत विद्यालयका विद्यार्थीहरुलाई शुक्रवार न्यानो लुगा तथा खेलकुद सामग्री वितरण गरिएको छ । लायन्स क्लव अफ रत्ननगर मिड नेपालले सो विद्यालयका ४१ जना विद्यार्थीहरुलाई न्यानो लुगा तथा खेलकुद सामग्री वितरण गरिएको क्लबका सचिब हेमराज आचार्यले जनाकारी दिए । क्लबका अध्यक्ष जगदिश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ बी २ का डिष्ट्रिक गभर्नर मधुसुधन शर्मा रिजाल प्रमुख अतिथि रहेका थिए । डिष्ट्रिक क्याविनेटका कोषाध्यक्ष चिन्तामणि धिताल तथा रिजन चियर पर्सन लायन शंकर गिरी समेतको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा जोन चियर पर्सन सुरेशचन्द्र आचार्यले स्वागत मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ पौडेलले विद्यालयको गतिविधिहरूका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा शिबहरी भण्डारी,सूर्यमणि मिश्र तथा बिष्णु श्रेष्ठले संयोजन गरेका थिए ।