बाढी प्रभावित मुसहरको लागि आवास निर्माण सुरु

रत्ननगर १२ माघ । रत्ननगर ७ सिसुवारमा रहेका बाढी प्रभावित मुसहर समुदायका लागि आवास निर्माणको काम सुरु गरिएको छ । चितवनका ६ वटा रोटरी क्लव र स्वर्गीय हस्तबहादुर भट्टराई स्मृति प्रतिष्ठानले बाढी प्रभावित मुुसहर समुदायलाई पक्की घर बनाउन सुरु गरेका हुन । रोटरी क्लवहरुले रोटरी नमुना गाउँ निर्माण गर्ने योजनाका साथ सीमान्तकृत मुसहर समुदायलाई पक्की घर बनाउन सुरु गरेका हुन । शुक्रवार सिसुवारमा आयोजिक एक भब्य समारोहका बीच रोटरी इन्टरनेशनल ३२९२ का डिष्टिक गर्भनर संजय गिरी र प्रतिष्ठानकी संरक्षण पार्वती भट्टराईले सयुक्त रुपमा मुसहर नमुना गाउँको शिलान्यास गरेका थिए । रोटरी क्लव अफ रत्ननगर,रोटरी क्लव अफ चितवन, रोटरी क्लव अफ नारायणगढ, रोटरी क्लव अफ नारायणी मिट टाउन, रोटरी क्लव अफ भरतपुर र रोटरी क्लव अफ गैंडाकोट र हस्तबहादुर भट्टराई स्मृति प्रतिष्ठानले घर बनाउन लागेका हुन । पहिला चरणमा मुसहरहरुका लागि शौचालय सहितको १२ वटा घर बनाउने योजना रहेको रोटरी क्वल अफ रत्ननगरका अध्यक्ष विष्णु शर्माले जानकारी दिए । १२ वटा घर,खानेपानी,वालउद्यन,सामुदायिक भवन सहितको मुसहर नमुना गाउँ बनाउने योजना रहेको मुसहर नमुना गाउँ निर्माण समितिका संयोजक तथा रोटरीका असिष्टेन गर्भनर राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । त्यसका लागि ४० लाख खर्च लाग्ने अनुमान गरिएको उनले जानकारी दिए । पहिलो चरणमा १२ र दोश्रो चरणमा ६ गरी १८ वटा घर बनाउने योजना रहेको श्रेष्ठले बताए । साउनको अन्तिम साता आएको बाढीले सिसुवारका मुसहर समुदायको घर भत्काएपछि उनीहरुको विचल्ली भएको थियो । बाढी आएपछिको ६ महिना अत्यन्तै कष्टकर जीवन विताउन बाध्य मुसहरहरु नयाँ घरमा बस्न पाउने भएपछि खुसी भएका छन । रोटरीले ३ महिना भित्र घर सहितको सुन्दर गाउँ बनाएर मुसहरहरुले हस्तान्तरण गर्ने योजना बनाएको रोटरीका असिष्टेन गर्भनर राजेन्द्रकुमार श्रेष्ठले बताए । रोटरीले मसहरहरुको घर निर्माणको लागि दाताहरु संग बजेट संकलन गरिरहेको छ ।

नमुना बस्ती निर्माण संगै रोटरीले मुसहर बालवालिकालाई शिक्षा र महिनाहरुलाई पौढ शिक्षाको काम सुरु गर्ने बताएको छ । शिलान्यस कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले मुसहरहरुको घर निर्माण भईसकेपछि उनीहरुको आयआर्जनको लागि नगरपालिकाले सीप मुलक तालिम दिने बताए । जाड रक्सी सेवान गर्ने भएका कारण मुसहर समुदायको जीवन स्तर उकासिन नसकेको भन्दै मेयर वनले जाड रक्सी खाने काम बन्द गर्न आग्रह गरे । अब तपाईहरुको घर बन्दैछ उनले भने रक्सी खाएर झुलेर बस्न छाडनुहोस,नगरपालिकाले सीप सिकाउछ त्यसबाटै तपाईहरु आत्मर्निभर हुनु पर्छ । रोटरीका असिष्टेन गर्भनर राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गीय हस्तबहादुर भट्टराई स्मृति प्रतिष्ठानका अध्यक्ष रामकुमार भट्टराई,रोटरी क्लव अफ नारायणी मिट टाउनका अध्यक्ष अनिल कुमार थपलिया लगायतले मन्तव्य राखेका थिए ।

Promise Education Consultancy