नि:शुल्क शिविरमा ६ सय बढिको आँखा परिक्षण, मोतिविन्दु भएका ४३ जनाको शल्यक्रिया

गोरखा, ११ माघ । गोरखाको सिरानचोक ३ हर्मीमा ३ दिने निशुल्क आखाँ शिविर समपन्न भएको छ । लायन्स क्लब अफ काठमाडौँ कन्चनजंगाको प्रमुख आयोजना तथा हर्मी काठमाडौँ सेवा समाजको सह–आयोजना र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, काठमाडौँको प्राबिधिक संयोजकत्वमा आँखा शिबिर सम्पन्न भएको हो । शिबिर माघ ९ गतेदेखि ११ गतेसम्म संचालन भएको थियो ।

गोरखा क्षेत्र नम्बर २ प्रदेश ‘ख’ का नबनिर्वाचित सांसद प्रकाशचन्द्र दवाडीले आफ्नो आँखाको परिक्षण गराई उक्त शिविरको समुद्घाटन गर्नुभएको थियो ।सिरानचोक गाउँपालिका वडा न. १,२,३,४,५ र ६ का बासिन्दालाई लक्षित गरि आयोजना गरिएको उक्त शिबिरमा ६ सय ४६ जनाले आँखाको परिक्षण गराएका थिए। ४३ जनाको सफलतापुर्वक मोतीबिन्दुको शल्यक्रिया गरिएको आयोजकले जनाएको छ ।

नेपाल जन–स्वास्थ्य संघका महासचिव तथा गोरखा सिरानचो–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष सलाउद्दिन मियाँले मोतिबिन्दु रोग ४० वर्ष कटेपछि लाग्ने र समयमा रोगको परिक्षण गराई शल्यक्रियाद्वारा उपचार गर्न सकिने बताउनुभयो । आँखामा चोटपटक तथा गर्भवती महिलामा जर्मन निजल्स (एक किसिमको दादुरा ) को संक्रमण हुन गएमा त्यस्ता आमाहरुबाट जन्मने शिशुहरुमा समेत मोतिबिन्दु हुने गर्दछ । अपरेशन गर्दा आँखाको नानी भित्र लेन्सलाई राखी शल्यक्रिया गरिने हुदा शल्यक्रिया पश्चात चश्मा लगाउन नपर्ने प्राविधिकका बारेमा जानकारी दिनुभयो ।

Promise Education Consultancy