प्रदेश नम्बर ५ को राजधानी बारे नेपालगञ्ज पुगेर प्रचण्डले यसो भनेपछि….

नेपालगञ्ज,११ माघ । पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश नम्बर ५ को राजधानी नेपालगञ्ज हुँदा राम्रो हुने बताउँदै आफू त्यसको पक्षमा रहेको बताएका छन् ।

बिहिबार नेपालगञ्ज मा आयोजित प्रथम प्रादेशिक महोत्सव उद्घाटन गर्दै अध्यक्ष प्रचण्ड अहिले एक थरी मान्छेले नेपालगञ्ज प्रादेशिक राजधानी हुनु हुँदैन भनेर लागेको बताउदै, कुनै कारणवस यदि राजधानी बन्न नसकेको खण्डमा पनि नेपालगन्जमा केही मन्त्रालय रहने गरी व्यवस्था गरिने बताए ।

यदि प्रादेशिक राजधानी नबने पनि नेपालगञ्जमा रहेका कुनैपनि सरकारी कार्यालयहरु त्यहाँबाट अन्यात्र सार्न भने नदिने उनले प्रतिबद्धता जनाए ।
हेरौँ भिडियो

नेपालगन्जमा अायाेजित प्रथम प्रादेशिक महाेत्सव उद्घाटन गर्दै अध्यक्ष प्रचण्ड। साथमा अन्य अतिथिहरु।

Publié par National Hero Comrade Prachanda राष्ट्रनायक क. प्रचण्ड sur jeudi 25 Janvier 2018