सहकारीको बार्षिकोत्सवमा ज्येष्ठ शेयर सदस्यलाई सम्मान

रत्ननगर ११ माघ । रत्ननगर २ टाँडीमा रहेको सौहार्द बचत तथा ऋण सहकारी संस्थाले आफ्नो नवौं बार्षिकोत्सवको अबसरमा ज्येष्ठ शेयर सदस्य र उत्कृष्ट बचत कर्तालाई सम्मान र पुरस्कृत गरेको छ । बार्षिकोत्सवको सप्ताह व्यापी कार्यक्रमको अन्तिम दिन विहीवार सो संस्थाले संस्थाको संस्थागत र आर्थिक विकासमा योगदान गरेको ज्येष्ठ शेयर सदस्य र उत्कृष्ट बचतकर्तालाई सम्मान र पुरस्कृत गरेको हो । संस्थाको कार्यालयमै आयोजित कार्यक्रममा सहकारीले ज्येष्ठ शेयर सदस्यहरु ठाकुर प्रसाद रिजाल,धर्मराज दुवाडी,रुद्रदत्त तिमिल्सेना र विष्णुप्रसाद वाग्ले तथा उत्कृष्ट बचत कर्ता इश्वरी प्रसाद अर्याललाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका प्राचार्य रामभक्त रानाभाट र संस्थाका अध्यक्ष जीवनराज वाग्ले उनीहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । सप्ताह व्यापी कार्यक्रम अन्तर्गत आयोजित विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम,द्धितीय,तृतीय र सान्त्वना हुनेलाई पुरस्कार वितरण गरिएको संस्थाका सचिव निरज रेग्मीले जानकारी दिए । संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै कालिका ९ मा रहेको राप्रावि लटौलीमा अध्ययन गर्ने ९० जना गरिब समुदायका विद्यार्थीहरुलाई स्टेशनरी र टोपी वितरण गरिएको व्यवस्थापक पौडेलले जानकारी दिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष चन्द्रप्रसाद नेपालले स्वागत मन्तव्य राखेका थिए ।

Promise Education Consultancy