आफु रित्तिएर जिन्दगिभरि दुस्खिका गितगाउदै सारालाई वामपन्थी बनाए, जसले छाडा गित गायर सबथोक पाए

यो भिन्न दुई पात्रको जिबनलाई नापेर हेर्नेहो भने सत्य र असत्य बिचको ठुलो विभेद देखिन्छ, र आखिरमा असत्यको विजय भएको भान हुन्छ । जव कोमल वली आज एमालेबाट राष्ट्रियसभाको उम्मेदवार बनिन र चारै तीरबाट बिभिन्न बिरोधका आवाजहरु उठिरहेका छन् । त्यहि बिरोध मध्यको गहकिलो मन्थन यहाँ पस्किएका छौ । जनताको गायक जीवन शर्मालाई सत्ताको कुनै लालच देखिन्न तर यिनै कोमल ओली पदका लागि कहिले राप्रपा कहिले एमाले तिर हारगुहार गर्दै दुगुरिन र अन्ततः सफल पनि भइन ।

एउटा पात्र जस्ले इन्जिनियरिङ पढ्दा पढ्दै दुनियाँ अवसर छाेडेर दशकाैं वर्षैं जनताका दु:ख पिडाका गित गाएर लाखौं लाख जनतालाई वामपन्थी बनायाे । त्याे उत्पिडित जनताकाे सङ्गितकाे साझा पात्र । जसलाई राज्यले अाजसम्म मूल्य दिंदैन । उसकाे जीवन अाजसम्म पनि दयनीय ढङ्गले नै बितेकाे छ ।

तर अर्को पात्र जसले पञ्चायतकालदेखि नै सदैब सत्ताकाे नजिक रहेर गीत र सङ्गितका माध्यमबाट छाडा संस्कृति भित्र्याउदै जनविरोधी हर्कत गरिरह्याे । उनै पात्रलाई अाज कम्युनिस्ट नाम झुन्डिएका दलबाट छाडा गीतकै पहिचानबाट मख्ख पर्दै राष्ट्रिय सभा जस्तो गरिमामय पदमा मनाेनयन गर्दैछ ।

थुईक्क… मेराे सङ्घीय गणतन्त्र । हामी कम्युनिस्टको नाममा एक दिनकाे रमझमलाई मुक्ति सम्झेर जीवनभर कष्टकर जीवन जीउन भाेट हाल्ने थुईक्क… हामी जनता ।

नेतृत्वले जे गरेपनि अाफ्नाे स्वार्थको राेलक्रम बिग्रन्छकी भनेर अन्धभक्तभई स्वीकार्ने, थुईक्क…हामी कार्यकर्ता । चाहिँदैन मलाई तिम्रो यस्तो कृत्रिम पहिचानमुखी गणतन्त्र ।

(शाभार बद्रि कुमार चौलागाईको फेसबुकबाट)