ट्रिपरको ठक्करबाट चितवनमा महिलाको मृत्यु

चितवन, १० माघ । चितवनमा ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।  भरतपुर महानगरपालिका–१० गैंडाचोकमा ट्रिपरको ठक्करबाट आज दिउँसो स्कुटरमा सवार भरतपुर महानगरपालिका–२१ की ५३ वर्षीया धनसरी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार आज दिउँसो आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ जाँदै गरेको ना ६ ख ४४९३ नं को टिपरले विपरीत दिशामा जाँदै गरेको ना ३९ प ८६७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाईते भई उपचारका लागि अस्पताल लैजादैँ गर्दा बाटैमा भट्टटको मृत्यु भएको हो ।

तस्बिर :शालिग्राम नेपाल फेसबुकबाट