ग्लोबल रिचको अष्ट्रेलियन फेयरमा ६ सय बढि विद्यार्थीको सहभागिता

चितवन, ९ माघ । ग्लोबल रिच नारायणगढको आयोजनामा मंगलबार अष्ट्रेलियन एजुकेशन फेयर सम्पन्न भएको छ । भरतपुर गार्डेन रिसोर्टमा भएको फेयरको शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले समुद्घाटन गर्नुभयो ।
सो फेयरमा १३ वटा युनिभर्सिटि तथा कलेजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । फेयरमा उल्लेखीय विद्यार्थीहरु सहभागि भएका छन् । सबै युनिभर्सिटिका प्रतिनिधिसंग प्रत्यक्ष रुपमा अष्ट्रेलियाको शिक्षाको बारेमा जानकारी लिन पाएपछि विद्यार्थीहरु खुशी देखिन्थे ।
आज विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चलेको फेयरमा ६ सय बढि विद्यार्थीहरुले सहभागिता जनाएको ग्लोबल रिच नारायणगढका शाखा प्रवन्धक सुरेश पौडेलले जानकारी दिनुभयो । फेयरमा विभिन्न बैंकका प्रतिनिधिहरुले अष्ट्रेलिया जाँदा बैंकसंग गर्नुपर्ने कामको बारेमा विद्यार्थीहरुलाई परामर्श समेत दिएका छन् ।
ग्लोबल रिचले अष्ट्रेलियाका ४३ युनिभर्सिटीबाट समन्वय गरी सेवा प्रदान गर्दै आएको छ । यसको ६ वटा देशमा ३८ वटा शाखा रहेका छन् भने नेपालमा काठमाडौ, पोखरा, बुटवल, र नारायणगढ गरी ४ वटा शाखा रहेका छन् ।
यसैबीच फेयरको समुद्घाटन सत्रमा बोल्दै शिक्षा राज्य मन्त्री अधिकारीले नेपाली विद्यार्थीहरु पछिल्लो समय वैदेशिक शिक्षाका लागि जान प्रेरित भएको भन्दै विदेशबाट सिकेका कुराहरु स्वदेशमा आएर व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभएको छ । वैदेशिक शिक्षालाई सकरात्मक रुपमा लिनुपर्ने भन्दै राज्यमन्त्री अधिकारीले विदेशमा लिएको शिक्षालाई, अध्ययन पश्चात नेपालमै त्यसको सदुपयोग गर्न सके मुलुकमा आर्थिक विकासमा ठुलो फड्को मार्न सकिने बताउनुभयो । सो अवसरमा बोल्दै उहांँले पछिल्लो समय परामर्श दाताहरुले बिद्यार्थीलाई विदेश अध्ययनको लागि पुलको काम गर्दै आएको भन्दै यसबाट बिद्यार्थीहरुले शैक्षिक तथा आर्थिक लाभ प्राप्त गर्न सकेकोमा खुशी व्यक्त गर्नुभयो ।
समुद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै ग्लोबल रिचका कन्ट्री मेनेजर नारायण बजाजले २७ वर्षदेखि ग्लोबल रिचले सेवा दिएको जानकारी दिदै १० वर्षदेखि नेपालमा सेवा दिई अन्तरराष्ट्रिय बेष्ट एजुकेशन अर्वाड २०१७ पाउन संस्था सफल भएको बताउनुभयो ।
त्यस्तै संस्थाका मुख्य प्रबन्धक रतन कुमार मुखर्जीले विद्यार्थीले सही परामर्श लिनका लागि सही ठाउंँ, सही विषय, सही देश छनौट गर्न ग्लोवल रिचले ठुलो भूमिका खेलेको बताउंँदै सही परामर्शदातासंग मात्र काम गर्न बिद्यार्थीलाई आग्रह गर्नुभयो ।