उद्योग वाणिज्य संघको कार्यसमितिलाई स्वागत

चितवन, ९ माघ । लायन्स/लियो क्लब अफ नारायणगढ बालकुमारी र विकास सिल्ड समितिले उद्योग वाणिज्य संघ चितवनको कार्यसमितिलाई स्वागत एवम् सम्मान गरेको छ ।

क्लबले मंगलबार नारायणगढमा कार्यक्रम गर्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानसहित कार्यसमितिका सबैलाई बधाई, स्वागत तथा सम्मान गरेको हो । उक्त कार्यक्रममा मन्तव्य राख्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले विकास सिल्डको सफलतामा उद्योग वाणिज्य संघ सधै साथमा रहने बताए । खेलकुदले जिल्लाको आर्थिक क्षेत्र चलायमान हुने भएकोले विकास सिल्डका कारण चितवनको आर्थिक विकासमा टेवा पुग्ने प्रधानले बताए ।

विकास सिल्डलाई सफल बनाउनको लागि उद्योग वाणिज्य संघ चितवन सधैँ तयार रहेको प्रधानको भनाइ थियो । उद्योग वाणिज्य संघ विकास सिल्डको प्रवद्र्धक भएर काम गर्ने उल्लेख गर्दै प्रधानले रनिङ सिल्ड सफल पार्नको लागि आर्थिक पाटो जुटाउन समेत आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाए । विकास सिल्डका अध्यक्ष श्यामकुमार पियाले विकास सिल्डले वर्षेनि पुरस्कार राशि बढाउँदै लगेको जानकारी दिँदै पहिलो पुरस्कार स्वरुप पाँच लाख रुपैयाँ नगद र दोस्रो पुरस्कार दुई लाख ५० हजार रुपैयाँको साथमा ट्रफी तथा मेडल रहेको बताए ।

आगामी फागुन ८ देखि २० गतेसम्म हुने प्रतियोगितमा राष्ट्रिय स्तरका क्लबहरु रहभागी हुने लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष एवम् विकास सिल्डका कोषाध्यक्ष बालगोपाल चुकेले बताए । रनिङ सिल्डलाई सफल बनाउन सबै क्षेत्रको साथ र सहयोगको अपेक्षा गरिएको चुकेको भनाइ थियो ।

Promise Education Consultancy