बादललाई ३ नम्बर प्रदेशबाट राष्ट्रिय सभा सदस्यको टिकट, क–कसले पाए टिकट हेरौँ

काठमाडौँ,९ माघ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यको उम्मेदवारको नामवली टुंग्याएको छ । माओवादी केन्द्रको शीर्ष नेताको छलफलपछि उम्मेदवारको टुंगो लगाएको हो ।

यससँगै माओवादीबाट प्रदेश नम्बर ३ मा खुलातर्फ वरिष्ठ नेता रामबहादुर थापा बादललाइ उम्मेदवार बनाएको छ ।

हेरौँ क–कसले पाए टिकट

प्रदेश नं १
१‍‍‍. बीना पोखरेल (महिला)

प्रदेश नं २
२. शशिकला दाहाल (महिला)
३. टुङ्गो लगाउन बाँकी

प्रदेश नं ३
४. रामबहादुर थापा ‘बादल’ (खुला)
५. गंगा पराजुली (महिला)

प्रदेश नं ४
६. दीनानाथ शर्मा (खुल्ला)
७. खीमकुमार बिक (दलित)

प्रदेश नं ५
८. राजकुमार कुंवर (अल्पसंख्यक र अपांग)
९. चन्द्र बहादुर खड्का (खुला)

प्रदेश नं ६
१०. जीवन बुढा (अल्पसंख्यक र अपाङ्ग)
११. युटुल लामा (महिला)
१२. कालीबहादुर मल्ल (खुल्ला)

प्रदेश नं ७
१३. लालिराम लोहार (दलित)
१४. हरिराम चौधरी (खुला)