रास्ट्रीय सभाका उम्मेदवार छान्न एमालेको गृहकार्य जारी

शिव शर्मा

चितवन , माघ ०९ । रास्ट्रीय सभाको चुनाब नजिकिए संगै दल हरु आन्तरिक छलफलमा ब्यस्त भएका छन् । स्थानीय , प्रदेश र संघको चुनाबमा सबै भन्दा ठुलो दल बनेको पार्टी नेकपा एमालेले पनि गृहकार्य तिब्र बनाएको छ ।  राष्ट्रियसभा निर्वाचनमा प्रदेश नं १,२,३ र ४ का उम्मेदवार छनौटका लागि नेकपा एमाले स्थायी समितिको बैठक अहिले ओली निवास बालकोटमा सुरु भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले सौराहा अनलाइनलाइ बताउनु भएको छ । यस्तै हिजो बसेको स्थायी कमिटिको बैठकले रास्ट्रीय सभाका लागि प्रदेश न ५,६,७ का उम्मेदवार चयन गरेको थियो ।

Promise Education Consultancy