आफ्नो जिम्मेवारीलाई कर्तव्यनिष्ट भएर पूरा गर्न शसस्त्र प्रहरीलाई प्रम देउवाको निर्देशन

काठमाडौं,९ माघ । प्रधानमन्त्री शेर बहादुर देउवाले शसस्त्र प्रहरीलाई आफ्नो जिम्मेवारीलाई कर्तव्यनिष्ट भएर पूरा गर्न निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बलको स्थापनाको १७ औं बार्षिकोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरी बलले मुलुकमा पुर्‍याएको योगदानको चर्चा गर्दै भविष्यमा पनि आफ्नो जिम्मेवारीलाई कतव्र्यनिष्ट भएर पूरा गर्न निर्देशन दिएका हुन् ।उनले सशस्त्र प्रहरीको पुनर्संरचना विस्तार गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले स्थापना कालदेखि नै संगठनले सुरक्षा चुनौती सामना गर्दै देश र जनताको सेवामा अहोरात्र खटिएको बताए ।

१७ औं सशस्त्र प्रहरी दिवसकै अवसरमा पूर्वसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ ।

दिवसकै अवसरका सेवामा रहेका बेला बीरगति प्राप्त गरेकाहरुप्रति श्रद्धान्जली अर्पण गरिएको थियो ।

दिवसकै अवसरमा सशस्त्र प्रहरीले दक्षिणकाली गण खुमलटार र सीमा सुरक्षा कार्यालय सुनसरीलाई उत्कृष्ट काम गरेको भन्दै रनिङ शील्ड प्रदान गरिएको थियो ।

Promise Education Consultancy