भव्य उल्लाहसका साथ सकियो खिचरा महोत्सव, १० करोड बढी कारोबार भएको अनुमान (भिडियो)

राजेन्द्र आचार्य
चितवन, ०८ माघ । महोत्सवमय बनेको चितवनमा पुस महिना आयोजनाको भएको महोत्सव मध्ये खिचरा महोतसवको पाचौँ संस्करण पनि सकिएको छ ।
भुमिपुत्रका रुपमा परिचित थारु समुदायको स्थानिय कला संस्कृति संरक्षण र सम्बद्र्धनसगैँ स्थानिय उत्पादनहरुको बजारीकरण गर्ने उद्देश्यले पुष २८ गतेदेखी माघ ८ गतेसम्म खिचरा महोत्सव आयोजना गरिएको थियो ।
पूर्वी चितवनको खैरहनीमा थारु कल्याणकारीणी सभा क्षेत्र नम्वर ७ को आयोजनामा सुरु भएको पाँचौ खिचरा महोत्सव सोमवार सकिएको हो ।
थारु समुदायको महान पर्व माघीको अवसरमा खिचरा महोत्सव भएको र आफुहरु लक्ष्य अनुसार सफल भएको मुल समिति संयोजक नारायण महत्तोले जानकारी दिए । संयोजक एवंम् सभाका सभापति नारायण महतोले थारु संस्कृतिको सम्र्वद्धन गर्ने उदेश्यले आयोजित महोत्सव लक्ष्य अनुसार सफल भएको बताए ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको एक समारोा विच महोत्सवको समापन गरेका थिए । अवसरमा वोल्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख डल्लकोटीले सवै जातजाति मिलेर गरिवी न्युनिकरण गर्दै समृद्ध चितवन निर्माण गर्नु पर्नेमा जोड दिए ।
प्रमुख डल्लाकोटीले थारु समुदाय चितवनको भुमीपुत्र रहेको उल्लेख गर्दै यो समुदायको उत्थानमा लाग्ने प्रतिवद्धता जनाए ।
महोत्सवमा करिव २ लाख दर्शकले अवलोकन गर्नुका साथै करिव १० करोड बराबरको कारोबार भएको प्रचार प्रसार समितिका संयोजक कारी महत्तोले जानकारी दिए ।
महोत्सव समापन समारोहमा दौड प्रतियोगिता र सेल्फी प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिनुका साथै पाँच जना पत्रकारहरुलाई सम्मान गरिएको थियो ।
सोही अवसरमा थारु आन्दोलनका क्रममा घाईते भएका संजित महतोको उपचारका लागि ३१ हजार रुपैया राहत कोषलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी डल्लकोटी र महोत्सवका संयोजक महतोले कोषका संयोजक एसके चौधरीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
महोत्सवका संयोजक नारायण महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका अधिकारी कृष्णप्रसाद सुवेदी,चितवन उद्योग संघका सदस्य गजेन्द्र अधिकारी,थारु कल्याणकारीणी सभा चितवनका पूर्व सभापति टिकेन्द्र चौधरी, अतिथी सत्कार समितिकी संयोजक चन्द्राकुमारी चौधरी लगायतले मन्तव्य राखेका थिए ।
महोत्सवको अन्तिम दिन चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, गायिका दुर्गा सापकोटा लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो ।

Promise Education Consultancy