रोट्र्याक्टको उद्घोषण तालिम सम्पन्न

मनोज पन्त
चितवन, ८ माघ । रोट्र्याक्ट क्लब अफ चितवनद्वारा आयोजित एक हप्ते उद्घोषण तालिम समापन समारोहू आज सम्पन्न भएको छ।

रोट्र्याक्ट क्लब अफ चितवन का अध्यक्ष जनक कुमार ढकाल सभापति रहनु भएको सो कार्यक्रममा चार्टर प्रेसिडेन्ट निरन्जन प्रधान प्रमुख अतिथी, रोट्र्याक्ट क्लब अफ चितवन का निवर्तमान अध्यक्ष शोभा बराली बिशिस्ट अतिथि ,प्रशिक्षक कालिका एफ एम का वरिष्ठ कार्यक्रम संचालक मनोज पन्तको उपस्थिति रहेको थियो।
रुस्बी केसी कार्यक्रम संयोजक रहनु भएको उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुले समेत अनुभव मन्तव्य ब्यक्त गरेका थिए।
कार्यक्रम रजनी खाती बिश्वकर्माले सहजीकरण गर्नु भएको थियो।