द नेक्स्ट एजुकेशन फेयर ५ सय बढी विद्यार्थीहरु सहभागी (फोटोफिचर)

चितवन, ८ माघ । बैदेशीक शिक्षामा अष्ट्रेलिया जान चाहाने विद्यार्थीहरुलाई लक्षित गरि चितवनमा बृहत अष्ट्रेलियन एजुकेसन फेयर सकिएको छ ।
उच्च शिक्षाका लागि अष्ट्रेलिया पठाउने लोकप्रिय द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले चितवनमा एजुकेसन फेयर सम्पन्न गरेको हो ।


भरतपुर गार्डेन रिसोर्टमा सम्पन्न फेयरमा अष्ट्रेलिया जान रुचि भएका करिब ५ सय बढी विद्यार्थीहरुले सहभागीता जनाएको शाखा प्रमुख देव कुमार बुढाथोकीले जानकारी गराए ।

अष्ट्रेलियाका २५ कलेज र युनिर्भसिटिको सहभागिता रहेको फेयरमा अपेक्षा गरिएभन्दा वढी विद्यार्थी र अभिभावकको सहभागिता भई विद्यार्थीले प्रभावकारी सुचना र सही परामर्श प्राप्त गरेको उनले बताए ।

फेयरमा अष्ट्रेलियाको क्याथोलिक युनिभर्सिटी, वलङघन युनिभर्सिटी,व् लू माउन्टेन होटल स्कुल,मेलर्बन इन्टिच्यूट अफ टेक्नोलोजी, युनिभर्सिटी अफ न्यू इङल्याण्ड लगाएतका कलेज तथा युनिभर्सिटी फेयरमा सहभागी भएका थियो ।


विद्यार्थीहरुले सो अवसरमा कलेज र युनिभर्सिटीका प्रतिनिधीसंग प्रत्यक्ष कुरा गरेर परामर्शका साथै जानकारी प्राप्त गरेका छन् ।
फेयरमा अष्ट्रेलियामा नेपाली विद्यार्थीको अवसर, चुनौती, समस्याको बारेमा समेत जानकारी दिइएको थियो ।


फेयरमा द नेक्स्टले प्रिभिलेज कार्डको व्यवस्था गरि सो कार्ड मार्फत विद्यार्थीले द नेक्स्टले प्रदान गर्ने आईएलटिएस कक्षा र अन्य प्रोसेसिङका अवधिमा छुट प्राप्त गर्न अवसर प्रधान गरेको उनले बताए ।

Promise Education Consultancy