Breaking Newsसल्यानमा बस दुर्घटना, ३ को मृत्यु

सल्यान,८माघ। सल्यानमा बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । रुकुमबाट दाङतर्फ जाँदै गरेको यात्रुबहाक बस सल्यानको त्रिवेणी–६ भाटखोलामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

आइतबार दिउँसो करिब २ बजे ना ५ ख ५३१ नम्बरको बस दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । तर उनीहरूको सनाखत हुन नसकेको वडा प्रहरी कार्यालय लुहामका प्रमुख लक्ष्मण डाँगीले खबरडबलीलार्इ जानकारी दिए । ३० जना घाइते भएका छन् ।

घाइतेहरुको सल्यानको श्रीनगरस्थित विभिन्न मेडिकलहरुमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

अहिले घाइतेको उद्धार भईरहेको छ । विस्तृत जानकारी आउन बाँकी छ।