प्रहरी सहायक निरीक्षक तीन लाख घुससहित पक्राउ

काठमाडौं,८ माघ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी सहायक निरीक्षक(असइ) तीन लाख घुससहित पक्राउ परेका छन्। कन्ट्रोल शाखामा कार्यरत असई रमेश खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार बालाजु बाइपासबाट पक्राउ गरेको हो।

एक व्यक्तिको लेनदेनको कागज आफुसँग राखेर उनले बार्गेनिङ गर्दै आएका थिए। पैसा लिन भनेर बाइपासको एक होटलमा पुगेका थिए। पैसा लिएलगत्तै उनलाई आयोगको टोलीले पक्राउ गरेको हो।

कागज फिर्ता गर्नका लागि ३ लाख मागेपछि पीडितले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।

असइ खड्काले दुःख दिएपछि पीडितले अख्तियारलाई खबर गरी घुस दिएका थिए।