चिसोका कारण सप्तरीमा ३० जनाको मृत्यु

सप्तरी, ८ माघ । सप्तरीमा चिसोका कारण ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । स्थानीय तहका पदाधिकारीहरुको जानकारी अनुसार सप्तरीमा शीतलहरका कारण हालसम्म ३० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।

स्थानीय प्रशासनले भने १९ जनाको मात्रै पुष्टि गरेको छ।  मान्छेको मृत्यु पुष्टि गर्न प्रहरीले अपनाउने झन्झटिलो कानुनी प्रक्रियाका कारण कतिपयले जानकारी नै नगराउँदा प्रशासनको तथ्यांक कम भएको स्थानीय तहका पदाधिकारी बताउँछन्।

 

Promise Education Consultancy