नुवाकोटमा मिनी ट्रक दुर्घटना : एक जनाको मृत्यु, तीनको अवस्था चिन्ताजनक

नुवाकोट, ८ माघ । नुवाकोटमा सडक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । पासाङल्हामु सडकखण्ड अन्तर्गत बेलकोटगढी नगरपालिका–११ अमारेमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै चालकसहित तीन जना घाइते भएका हुन्।

ककनीबाट आइतबार साँझ बट्टारतर्फ आउँदै गरेको ना २ क ५३७५ नंको मिनी ट्रक दुर्घटना हुँदा बेलकोटगढी–१३ का आशिष तामाङको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका १७ वर्षीय तामाङलाई उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा बीच बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए।

दुर्घटनामा गाडी चालक ककनी गाउँपालिका–४ का २५ वर्षीय कुमार तामाङ, सोही स्थानका १७ वर्षीय किरण लामा र सहचालक किस्पाङ गाउँपालिकाको १७ वर्षीय कुमार तामाङ घाइते भएकाले ग्रिन सिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रनाउ रेग्मीका अनुसार उनीहरुको अवस्था गम्भीर छ।

निर्माण सामग्री लिन बट्टार आउँदै गरेको मिनी ट्रक तीव्र गतिमा भएकाले असन्तुलित भई दुर्घटना हुँदा सडकबाट ८० मिटर तल पुगेको थियो।

Promise Education Consultancy