बैदेशिक लगानी भित्र्याउनै अवरोध

काठमाडौँ,८ माघ । उद्योगपति विनोद चौधरीले एक दशकअघि जलविद्युत् आयोजनामा लगानी गर्न अमेरिकी कम्पनी ‘एईएस’लाई भित्याए। संयुक्त रूपमा पाँचवटा जलविद्युत् आयोजना विकास गर्ने लक्ष्यसहित सन् २००८ मा प्रक्रिया पनि अगाडि बढ्यो। एईएसले आफ्नै पुँजी लगानीमा विद्युत् उत्पादन गर्ने वित्तीय प्रस्ताव सरकारलाई बुझाएको थियो। तर, ऊर्जा प्रशासनले यसरी दुःख दियो कि एईएस हैरान भएर नेपालबाट फिर्ता हुने अप्रिय निर्णय लिन बाध्य भयो। उसले भियतनामलगायत मुलुकमा पुगेर ठूला जलविद्युत् परियोजनामा लगानी गरिरहेको चौधरी बताउँछन्।आजको अन्नपुर्णपोष्टमा खबर छ ।

नेपालको सिमेन्ट उद्योगमा ४० अर्ब लगानी भित्याउन कस्सिएको भारतीय कम्पनी रिलायन्सले ‘ब्रान्ड नेम’ नपाउने भएपछि हच्किएको छ। नेपालमा रिलायन्स सिमेन्टको कसैले दुरुस्त ब्रान्ड र ट्रेडमार्क दर्ता गरिसकेको छ। सिमेन्टको ब्रान्ड परिवर्तन गरेर उद्योग खोल्नुपर्ने भएपछि लगानी नभित्याउने मनस्थितिमा रिलायन्स कम्पनी पुगेको उद्योग मन्त्रालय स्रोत बताउँछ।

प्रख्यात अफ्रिकन सिमेन्ट उत्पादक कम्पनी डंगोटे पनि नेपालमा लगानी नभित्याउने मनस्थितीमा पुगिसकेको छ। सन् २०१३ मा सिमेन्ट उद्योगमा ५५ अर्ब लगानी भित्याउन स्वीकृति पाइसकेको डंगोटे चुनढुंगा खानी नपाएपछि पछाडि हच्किएको हो। दैनिक ६ हजार टन सिमेन्ट उत्पादन लक्ष्य राखेको डंगोटेले विभिन्न काममा १३ करोड खर्च गरिसकेको छ। प्रशासनिक संयन्त्रले सहयोग नगरेकै कारण डंगोटे बाहिरिन लागेको हो।

सन् १९८३ तिरको कुरा हो, नेपालबाट तत्कालिन राजा वीरेन्द्र अमेरिकाको भ्रमणमा गएका थिए। भ्रमणको क्रममा नेपालमा ‘वान विन्डोज सिस्टम (एकद्वार नीति)’ मार्फत लगानी भित्याउने भनेर अमेरिकन बैंकिङ र जलस्रोत कम्पनीका अध्यक्षसँग व्यापक छलफल भयो, लगानी गर्न आग्रह पनि गरियो। त्यसपछि नेपालमा लगानी गर्ने जमर्को गरेर अमेरिकन टोली आएर विभिन्न क्षेत्रको अध्ययन गर्‍यो। साथै, सरकारी निकायसँग छलफल अन्तक्र्रिया पनि गरेको थियो।

Promise Education Consultancy