नेपालमै यस्तो अनौठो चलन,जहाँ किशोरी-किशोरीबीच गरिन्छ बिहे !

रुकुम ,७ माघ । रुकुममा अझै पनि किशोरी-किशोरीबीच विवाह गर्ने चलन छ ।  यस पटक पनि रुकुम पश्चिमको सानीभेरी गाउँपालिका सिम्लीमा भव्यका साथ दुई किशोरीको विवाह गरिदिएका छन् ।

तर, यो कुनै व्यक्तिको विहे नभइ एउटा संस्कृत बचाउन पश्चिम नेपालको रुकुममा सयौं बर्षदेखि लाग्दै आएको मेलाको सन्दर्भ हो । मुसीकोट नगरपालिकाको साँख दहमा लाग्ने यो मेलाको नाम हो¬ पापिनी मेला ।

मगर संस्कृतिमा आधारित यो मेलामा विहे नै हुन्छ तर साँच्चिकै होइन, प्रतिकात्मक रुपमा ।
मगर समूदायको बाहुल्य रहेको सिम्लीको मगररांङजामा मगर कला सांस्कृतिको जगेर्ना गर्ने उद्देश्यले परम्परागत रुपमा प्रत्येक बर्ष पापीनी मेला लाग्दै आएको छ ।
मेलामा परम्परा देखि दुई जना किशोरीलाई दुलाहा दुलही बनाई पुजापाठ गरी विवाह सम्पन्न गरेपछि मेला सम्पन्न हुने गरेको छ । २ किशोरी मध्य एउटालाई पुरुष र एउटालाई महिला बनाएर गरिने बिबाह मेलाको मुख्य आर्कषण हो । मगररांङजामा गाउँमा करिब ८० प्रतिशत मगर जातीको बसोबास रहेको छ ।
त्यस्तै मेलामा स्थानीय मगर समूदायको भेषभुषामा सजिएका बालबालिका देखि बृद्धबृद्धा सम्मको आआफ्नै सांस्कृतिक प्रस्तुति प्रस्तुत हुने गरिएको छ । जसका कारण त्यस गाउँको कला सांस्कृति अन्य गाउँको भन्दा फरक रहेको छ ।

Promise Education Consultancy