चितवनमा बनदेवीसंग जम्काभेट भएपछि (फोटो सहित)

चितवन,७ माघ । भरतपुर महानगरपालिका २६ स्थित हिरापुरचोकमा स्थानिय मानिसहरुको भिड लाग्दै थियो । त्यतिकैमा रिट्ठे झाँक्रीले गाउँकै बखते र उसकी श्रीमतीलाई उपचारका नाममा आश्वासन दिदै थियो । साथै घाँस दाउरा लिन बन पसेकी माकुरी समेत आफ्नो साथीलाई प्रतिक्षा गरिरहेकी थिई । उता गोविन्दे आफ्नो बाख्रालाई चितुवाले मारेको गुनासो पोख्दैछ । कोही मानिस सम्झाउदै छन् कोही जंगलमा बनदेवीसंग जम्का भेट भएर चकित समेत बने ।

यो दृश्य बनको वरपर बस्ने उपभोक्ताहरुको व्यवहार परिवर्तन गर्ने उदेश्य सहितको सडक नाटक, “बनदेवी” को हो । विगत २ वर्ष देखी मानव बाघ विच सह–अस्तित्व कायम गरि बनमा आश्रित समुदायहरुलाई जीविकोपार्जनमा सघाउदै आएको संस्था, बातावरणीय सुशासन कार्य समूहको लिभिङ्ग विथ टाईगर्स परियोजनाको सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्र्तगत कालावञ्जर उपभोक्ता समितिले घाँस दाउरा लगाएत वन श्रोतको संकलन यसको खतरा र चुनौती स्थानियस्तरमा बाघ र चितुवाबाट हुन सक्ने जोखिम न्यूनिकरणका उपाय र बैकल्पिक जीविकोपार्जनका अवसहरुको वारेमा जानकारी दिन गरेको उक्त नाटकमा सुरक्षित खोर र वायोग्यास निर्माणका फाइदा लगायतका विषयबस्तुहरु समेत प्रस्तुत गरिएको थियो ।

करीब १५० जना भन्दा बढी स्थानिय र विद्यालयका विद्यार्थी समेत अवलोकन गरेको नाटकमा स्थानिय ११ जना कलाकारहरु रहेका थिए । नाटकको विषय द्धारा उक्त क्षेत्रमा बाघ र चितुवाबाट हुन सक्ने पशुजन्य क्षति न्यूनिकरणका लागि अबलम्बन गर्नुपर्ने सुरक्षित ब्यबहार र मानविय जोखिमलाई समेत कम गर्न अपनाउनु पर्ने साबधानिहरुलाई प्रस्तुत गरिएको लिभिङ्ग विथ टाईगर्स परियोजना चितवनका अधिकृत प्रकाश चापागाईले बताउनु भयो । सोही अवसरमा बाघको आक्रमणबाट जोगिन सक्ने उपायहरु र सन्देशमुलक ब्यानर, प्लेकार्ड समते प्रस्तुत गरिएको अधिकृत चापागाईले बताउनु भयो ।

एक साता अघि राष्ट्रिय कलाकार घनश्याम गौतम, (नक्कली प्रचण्ड) ले प्रशिक्षण दिनुभएको उक्त नाटक समुहले परियोजनाको अर्को कार्य क्षेत्र माडी नगरपालिका ९ मा यही माघ ९ गते नाटक प्रस्तुत गर्नेछ ।

Promise Education Consultancy