भारतले नेपाली भूमी मिचेको बाम बिद्यार्थी संगठनको निष्कर्ष

पर्सा,७ माघ । एमाले निकट अनेरास्ववियू र माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीले भारतीय पक्षले बीरगंजमा ३ किलोमिटर नेपाली भूमि मिचेको निष्कर्ष निकालेको छ ।

अनेरास्ववियूकी अध्यक्ष नबिना लामा र अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १ स्थित छपकैयामा नेपाली भूमि मिछेर सीमा स्तम्भ गाडिएको अवलोकनका क्रममा पाइएको उल्लेख गरेका छन् । अवलोकनको क्रममा स्तम्भ ३९१ देखि ३९३ सम्म करीब १३८ फिटको दरले ३ किलोमिटरसम्म ठाउँठाउँमा नेपाली भूमि मिचिएको देखिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा ऐतिहासिक आधार, भूमिको भोगचलन लगायतका प्रमाणित आधारहरुलाई लत्याएर बनाइएको र गुमहराममा राखिएको स्ट्रि म्यापको अबिलम्ब पुनरावलोकन गर्न, हाल भइरहेको सीमा स्तम्भ निर्माण कार्य तत्काल रोक्न र कुटनीतिक माध्यमबाट समस्याको समाधान खोज्न सरकार र सरोकारवाला निकायसँग माग गरिएको छ ।

Promise Education Consultancy