तीन नम्बर प्रदेशका सांसदले लिए हेटौंडामा सपथ

मकवानपुर ०७ माघ । तीन नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम हेटौडामा सम्पन्न भएको छ ।

प्रदेश प्रमुख अनुराधा कोइरालाले सुरुमा सदस्य मध्यका ज्येष्ठ सदस्य डोरमणी पौडेललाई सपथ खुवाउनु भएको थियो ।

आफुले सपथ ग्रहण गरेपछि सदस्य मध्यमा अस्थाई अध्यक्षका हैसियतले पौडेलले बाकि १ सय ९ सांसदलाई सपथ ग्रहण गराउनुभएको हो ।

संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई सपथ ग्रहण गराइएको हो । कार्यक्रम हेटौडाको क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा भएको हो ।