ओली प्रचण्ड समझदारी एकीकृत पार्टीको कार्यदिशामा सहमति

काठमाडौँ, ७ माघ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एकीकृत पार्टीको कार्यदिशामा समझदारी जुटेको छ। दुवै पार्टीले अंगीकार गर्दै आएको सिद्धान्त र भूमिकालाई स्विकार्दै शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धात्मक बाटोबाट सामाजिक न्याय, समानतासहितको समाजवादलाई कार्यदिशा बनाउन ओली-दाहाल सहमत भएका हुन्। तर, त्यसको संश्लेषण गर्न भने कार्यदल बनाइने भएको छ।आजको अन्नपूर्णपोष्टमा खबर छ । ।

सोही समझदारीका आधारमा आइतबार दिउँसो बस्ने एकता संयोजन समितिको बैठकले वैचारिक-राजनीतिक पक्षको ‘डकुमेन्टेसन’ का लागि कार्यदल बनाउनेछ। एमाले अध्यक्ष ओली उपचारका लागि बैंकक जानुअघि नै वैचारिक र संगठनात्मक मोडालिटी तयार पार्न कार्यदल गठन गर्ने तयारी थियो। तर, एकीकृत पार्टीको कार्यदिशा दुई अध्यक्षले तय गर्ने र त्यसलाई दस्ताबेजीकरण गर्नका लागि मात्र कार्यदललाई जिम्मा दिने समझदारीका आधारमा शुक्रबार र शनिबार ओली-दाहाल छलफलमा जुटेका हुन्।

Promise Education Consultancy