काठमाडौँमा रहेको सुलिकोटवासीसंग गाउँपालीकाको अन्तरक्रिया

काठमाडौँ,६ माघ ।  सुलिकोट गाउँपालीकाले काठमाडौँ उपत्यकामा बसोबास गर्ने सुलिकोटबासीहरुसंग  अन्तरक्रिया कार्यक्रम गरिएको छ ।  काठमाडौँमा रहेका सुलिकोटका  विभिन्न क्षेत्रको विज्ञहरुसंग गाउँपालीकाको विकास र चुनौती सम्बन्धी बिषयमा अन्तरक्रिया गरिएको हो ।

गाउँपालीकाको अध्यक्ष बिष्णु भट्टको अध्यक्षता  भएको कार्यक्रममा  विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरुले क्षेत्रगत रुपमा आ–आफ्नो  विचार र कार्यपत्र प्रश्तुत गरेका थिए ।

महाराजगञ्जमा भएको  कार्यक्रममा गोरखाको जिल्ला शिक्षा अधिकारी तथा सुलिकोटबासी दिपेन्द्र सुवेदी,उर्जाविद् बिर बहादुर घले, अधिवक्ताहरु कृष्ण प्रसाद पनेरु र केदार ढकाल, कृषिविद् डा.कृष्ण देवकोटा, शिक्षाविद्हरु भिमप्रसाद पोख्रेल, चुडा प्रसाद बस्ताकोटी, उषा लामिछाने, पर्यटनव्यावसायी  उद्योगी दिपक बस्ताकोटी, हरि प्रसाद भट्ट, विर बहादु घले , भवन बिभागको ईन्जिनियर दिपक श्रेष्ठले आआफ्नो बिषयगत रुपमा धारणा राखेका हुन् ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शैलेस ढुङ्गानाले कार्यक्रम संचालन गरेका थिए ।

Promise Education Consultancy