ज्ञानेश्वर वनको २०औँ साधारणसभा

चितवन, ६ माघ । पश्चिम चितवनमा रहेको ज्ञानेश्वर सामुदायिक वनले आफ्नो २० औँ साधारणसभा सम्पन्न गरेको छ । वनले शनिबार २०औँ साधारणसभा तथा नवौँ अधिवेशन गर्दै पुरानो कार्यससमितिलाई बिघटन गर्दै नयाँ कार्यसमिति चयनको बाटो खोलेको छ ।
शनिबार भएको साधारणसभाका क्रममा चितवन क्षेत्र नम्बर ३ को प्रदेशसभा क का प्रदेशसभा सदस्य कृष्ण भुर्तेल प्रमुख अतिथि रहेका थिए । भुर्तेलले सामुदायिक वनले स्थानीय जनताको आवश्यकता पूरा गर्दै पर्यटकीय विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रममा सामुदायिक वन महासंघ चितवनका अध्यक्ष सुरवीर पोखरेल विशेष अतिथि रहेका थिए ।
कार्यक्रमका वक्ताहरुले पर्यटनलाई जोडेर सामुदायिक वन अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । उद्घाटन सत्रमा ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष केशवकुमार पाण्डेले सामुदायिक वनको आगामी नीति तथा कार्यक्रमको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा उपाध्यक्ष राजन अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने सचिव कमला पोखरेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सविन न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
शनिबार भएको साधारणसभाले पुरानो कार्यसमिति विघटन गर्दै आगामी माघ १६ गते नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेको छ । वनका कार्यसमिति पार्सद सबै विघटन गरिएकोले आगामी माघ १३ गते टोलटोलबाट नयाँ पार्सद सदस्य निर्वाचित गर्ने निवर्तमान उपाध्यक्ष राजन अधिकारीले जानकारी दिए । पार्सद चयन गरेपछि तीनै पार्सदहरुबाट आगामी माघ १६ गते नयाँ कार्यसमिति निर्माणको प्रकृया थाल्ने अधिकारीको भनाइ छ ।

Promise Education Consultancy