शुभ प्रभातको सरसफाई

 

चितवन, माघ ६ । रत्ननगर १० मा रहेको शुभप्रभात टोल विकास संस्थाले आज आफनो टोलभित्र सरसफाई गरेको छ ।

२०६३ सालदेखि टोलले लगातार प्रत्येक महिनाको पहिलो शनिबार सरसफाई कार्यक्रम गदै आएको वडा समन्वय समिति रत्ननगर १० का अध्यक्ष ज्ञानेन्द्रराज पाण्डेले जानकारी दिनुभयो

सरसफाई कार्यक्रममा टोलका सदस्यहरको सहभागिता रहेको थियो । उक्त टोल रत्ननगर कार्यापालिकाबाट दुई पटक प्रथम भई सम्मानित भएको थियो ।

Promise Education Consultancy