एक्सपर्ट ग्राण्ड अष्ट्रेलियन एजुकेशन फेयर भोली देखि

चितवन, माघ ६ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस नारायणगढको आयोजनामा भोली (आईतबार) ग्राण्ड अष्ट्रेलियन एजुकेशन फेयर हुँदैछ ।

भरतपुर गार्डेन रिसोर्टमा भोली विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म एजुकेशन फेयर संचालन हुने एक्सपर्ट नारायणगढका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । एजुकेशन फेयरमा अष्ट्रेलियन क्याथोइक युनिभर्सिटि, क्वीन्सल्याण्ड युनिभर्सिटि अष्ट्रेलिया, चाल्र्स डरविन युनिभर्सिटि, चाल्र्स स्टट युनिभर्सिटिलगायत २७ वटा युनिभर्सिटि तथा कलेजका आधिकारिक प्रतिनिधिहरुको सहभागिता रहने छ ।

यस्तै एजुकेशन फेयरमा विद्यार्थीहरुले एक्सपर्ट मूख्य कार्यालय सिड्नी अष्ट्रेलियाका सिईओ सन्जिव कुमार शर्मा, एक्सपर्ट सिड्नीका सिपिए प्रदिप पन्थी, एक्सपर्ट मेलवर्नका डाईरेक्टर बसन्त पोखरेल, एक्सपर्ट सिड्नीका क्लालिफायर एजुकेशन एजेण्ड कन्सुलर प्रविन शर्मा र एक्सपर्ट ब्रिसबेनका सिनियर कन्सुलर सुमन रिजालसंग प्रत्यक्ष भेटभाट गरि अष्ट्रेलियाको शिक्षा र नेपाली विद्यार्थीहरुको अवस्थाको बारेमा जानकारी लिन सक्ने एक्सपर्टले जनाएको छ ।

अष्ट्रेलियामा डिप्लोमा, व्याचलर र मास्टर अध्ययन गर्न चाहने विद्यार्थीहरुले यो एजुकेशन फेयरको भरपुर फाईदा उठाउन सक्ने छन् ।

Promise Education Consultancy