मुठी दानबाट ५ करोडमा बन्यो श्रीकृष्ण मन्दिर (भिडियो)

 

चितवन, ६ माघ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर –११, जिरौनामा मुठीदानबाट रकम संकलन गरि श्रीकृष्ण मन्दिर पुननिर्माण गरिएको छ ।
ऐतिहासीक महत्व बाकेको मठमन्दिर सरकारले नै पुननिर्माण गर्नुपर्छ भन्ने सोचलाई चिर स्थानियहरुको सक्रियातामा दक्षिण भारीतय प्यागोडा शैलीमा श्रीकृष्ण प्रणामी मन्दिर निर्माण भएको छ ।
५ बर्षको अथक प्रयासपछि ५ करोडको लागतमा कृष्ण मन्दिर निर्माण कार्य अन्तिम चरण पुगेको छ ।

 

भारतबाटै कालिगढहरु झिकाएर करिब ५ करोड लागतमा मन्दिर पुन निर्माण गरेको श्रीकृष्ण प्रणमी सेवा समिति रत्ननगरले जनाएको छ । भवन निर्माण, झ्याल ढोका निर्माण, बुट्टा भर्ने कामका लागि छुट्टाछुट्ट समूहमा कालिगढहरुले काम गरिरहेको कार्यवाहक अध्यक्ष बरालले बताए ।

वि.सं. २०२४ सालमा स्थापना भएको श्रीकृष्ण मन्दिर जीर्ण भएपछि मुठी दानबाट संकलीत रकम र चन्दा सहयोगबाट नयाँ शैलीको मन्दिर निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका .उपाध्यक्ष श्यामप्रसाद बरालले जानकारी दिए ।
“कलात्मक र सुन्दरताले भरिएको यस मन्दिर नेपालकै नमूनाको रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो, बरालले भने, मन्दिर निर्माणपछि यस क्षेत्र धार्मिकस्थलको रुपमा समेत विकास हुने विश्वास छ । ”
चितवनको सौराहामा धेरे पर्यटकहरु आउन् समितिका अध्यक्ष तिलकराज शर्माले भने अब यसमा सबैलाई प्रवेश दिई धार्मिक पर्यटनको विकास गर्ने लक्ष्य छ ।
१५ कठ्ठा क्षेत्रफल रहेको स्थानमा मन्दिरसँगै विवाहमण्डप, विश्रामस्थल, यज्ञमण्डप, वृद्धाश्रमसमेत निर्माण गरिएको छ । अहिले ट्रष्ट, रङरोगन, झ्याल ढोका, परिसर, यज्ञमण्डप निर्माणको काम भइरहेको छ ।

काठमाडौंस्थित नवतमधाम मन्दिर पनि कलाकौशलको हिसाबले निकै राम्रो भएपनि त्यहाँको भन्दा पनि फरक यहाँको मन्दिरमा रहेको बरालले बताए ।
यसैविच श्रीकृष्ण प्रणामी मन्दिर जिरौनाको स्वर्ण महोत्सव एवं नवनिर्मित भवनको उद्घाटन आगामी फागुनको पहिलो साता हुने भएको छ । मन्दिर परिसरमा पत्रकार सम्मेलन गरि स्वर्ण महोत्सव एवं मन्दिरको उद्घघाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने र महायज्ञमा नवतमपुरीधाम गुजरातबाट १०८ आचार्य कृष्णमणि महाराज प्रमुख वाचक रहने तथा रोहितराज महाराज र १०८ अमृत महाराजले भागवत पारायण गर्ने जानकारी दिईयो ।

 

स्वर्ण महोतसवमा भारतको मध्यप्रदेश, गुजरात, सिक्किमलगायत नेपालका विभिन्न जिल्लाबाट यहाँ भक्तालु आउने आयोजकहरुको दावी छ । महायज्ञबाट बचेको रकमबाट गौशाला,अतिथि भवन, गुरुकुल निर्माणका साथै मन्दिरमा आश्रित बालबालिकाहरुको शिक्षा–दीक्षा,भरण पोष्ण एवम बृद्ध बृद्धाहरुको सेवा लगाएतमा खर्च गर्ने भएको छ ।

Promise Education Consultancy