कम्बल बोकेर तराई पुग्यो वाइसिएल

 

काठमाडौं ६ माघ । वाइसिएल नेपालको केन्द्रिय टिम कम्बल लिएर शितलहर प्रभावित तराइ पुगेको छ । वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) को नेतृत्वमा तराइ पुगेको वाइसिएलले महोत्तरीको भगाहा नगरपालिका सिद्दपुरको दलित तथा मुसहर बस्तिका २०० परिवारलाइ न्यानो वितरण गरी न्यानो वितरण अभियान सुरू गरेको हो ।

शनिवार विहान सिद्दपुरमा न्यानो वितरण गरेको वाइसिएलले दिउसो धनुषाको धनुषाधाम नगरपालिका ६,८ र ९ मा न्यानो वितरण गर्ने कुरा वाइसिएलका महासचिव सुबोधराज शेर्पालीले बताए। न्यानो वितरण गर्दै वाइसिएलका अध्यक्ष दीपशिखाले भनेका छन्, ‘हामी दुख बाँड्न आएका हौं, हामीले ल्याएको न्यानोले तराइ न्यानो त नहोला तर मन न्यानो हुन्छ ।’उनले विगत सम्झँदै थपे,’हामी तराइमा बाडी पस्दा पनि आएका थियौं र दुख बाँडेका थियौं । तराइमा दुख दुंख्दा हामी मन मिलाउन आउंछौं ।’

अब बन्ने बाम गठबन्धनको सरकारले गरिवि उन्मुलनको ठोस काम गर्छ र शितलहरबाट अर्को साल यतीधेरै मानिसको क्षति हुँदैन । महोत्तरी, घनुषा हुँदै रौतहट र पर्सामा वाइसिएलको न्यानो वितरण कार्यक्रम रहेको बताइएको छ । साथै ५० हेक्कड ज़मीन मिच्न खोजिएको पर्साको विरगंजमा समेत वाइसिएल पुग्ने शेर्पालीले बताए ।

Promise Education Consultancy